मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जनसाँस्कृतिक महासंघ बाँकेको तिज मिलन कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२६ भाद्र २०८०, मङ्गलबार

नेपालगन्ज । नेकपा माओवादी निकटको कलाकारहरुको संगठन जनसाँस्कृतिक महासंघ बाँकेले मंगलवार नेपालगन्जमा तीज विशेष कार्यक्रम गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले तीजलाई भड्किलो खर्चिलो तथा रुढीबादी र परम्परागत ढंगले नभई सुशासनका पक्षमा रहेर प्रगतिशील, चेतनामूलक, भ्रष्टाचारविरुद्ध, महिला हिंसाविरुद्ध तथा समाजमा रहेका तमाम विकृति, कुरीति एवम् कुसंस्कारका विरुद्ध समाजलाई सुसूचित गराउदै चेतनामूलक गीत र नृत्यबाट समाजलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । 

त्यसैगरी उहाँले तीजलाई धार्मिक हिसाबले नभएर साँस्कृतिक चाडपर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो । 

नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे जेम्सले तीजलाई अरुको देखासिकी गरेर आधुनिकताका नाममा पाश्चात्य संस्कृति समाजमा फैलिरहेको भन्दै त्यसका विरुद्धमा समाजलाई रुपान्तरण गर्ने खालका गीत संगीतमार्फत महासंघले कार्यक्रम अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । 

तीज विशेष कार्यक्रममा कलाकारहरु रबीना बम, सीमा घर्ती र मनिषा घर्तीलगायतले विभिन्न तीज गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । महासंघका कोषाध्यक्ष चरित्रा शाहले कविता वाचन गरेर सुनाउनु भएको थियो । 

जनसाँस्कृतिक महासंघ बाँकेका उपाध्यक्ष ताराकुमारी रोकायले 'सारै पीर पर्दो रैछ माइती टाढा भएर, एक छाक खाने ठाउँ छैन कतै गएर' लगायतका महिला दिदीबहिनीहरुका वेदना झल्किने गीत गाउनु भएको थियो । महासंघका सदस्य एवं गायक तथा संगीतकार बलु तामाङले पनि आफूद्वारा सृजित गीत गाएर सुनाउनु भएको थियो । 

कार्यक्रमलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शसीराम कार्की, जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य मणि अर्याल तथा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाहीलगायतले तीजको शुभकामना व्यक्त गर्नुभएको थियो । 

महासंघका अध्यक्ष गणेशा कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सदस्य हरेन्द्र बिकले संचालन गर्नुभएको थियो भने उपाध्यक्ष ताराकुमारी रोकायले स्वागत गीत ग्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार