मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

सहमतिनै समस्या समाधान हो : शिक्षा मन्त्री पौडेल

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् ।
१ अशोज २०७९, शनिबार

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् ।

पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोहको अवसरमा शनिबार  क्याम्पस आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने धारणा राखेका थिए ।

विश्वविद्यालयमा पहुँचको भरमा नियुक्ति हुनु राम्रो नभएको भन्दै पौडेलले  विश्वविद्यालयमा आफ्नो क्षमता र योग्यता सिद्द गरेर प्रतिस्पर्धाबाटै, सक्षम व्यक्ति आउने कुरा स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए । महिलाहरूको मुलतः अध्ययन र अध्यापन गराउने छुट्टै विश्वविद्यालयको रुपमा अघि बढाउन राखेको पद्यकन्या क्याम्पसको प्रस्ताव आफूले अघि बढाउने भन्दै मन्त्रि पौडेलले चीनमा पाँच लाख जनता बराबर एउटा विश्वविद्यालय र  भारतमा १४ लाख जनता बराबर एउटा विश्वविद्यालय रहेको बताए ।

नेपालमा झण्डै २० लाख बराबर एउटा विश्वविद्यालय रहेको तर  पनि नेपालमा विश्वविद्यालय धेरै भए भनेर आलोचना हुने गरेको उनको भनाइ थियो । मन्त्रि पौडेलले अघि भने, दिनहुँजसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरिरहेका छन् । नेपाली संस्कार अनुसार शिक्षण संस्था र मन्दिर पवित्र संस्था मानिन्छन् । तालाबन्दीले विश्वविद्यालयको विकास हुँदैन  तालाबन्दी संस्कारको अन्त्य गर्नुपर्छ,उनले भने ।

सहमतिबाटै देशका ठूला–ठूला काम भएको स्मरण गराउंदै उनले तालाबन्दी नगर्ने बाटो अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेका छन् । मन्त्री पौडेलले पद्यकन्या बुलेटिन, संस्कृति विभागले तयार पारेको भ्वाइस अफ कल्चर, जर्नल र अङ्ग्रेजी विभागले तयार पारेको माइण्डस स्केप्ट जर्नल पुस्तकहरुको लोकार्पण गरेका थिए भने  कार्यक्रममा विशिष्ट व्यत्तित्वहरूलाई पुरस्कार तथा सम्मानसमेत  गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार