मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

सबै सेवा र सामाजिक सुरक्षाका कार्यक्रम बिमाको छाताभित्र राखिने

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सुधारका लागि कार्ययोजना सार्वजनिक गर्नुभएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले कार्ययोजना सार्वजनिक गर्नुभएको हो। मन्त्रीको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीति र १६ औँ योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर कार्ययोजना तयार पारेको मन्त्री पौडेलले जानकारी दिनुभयो। 

बिमाको हालको दायरा कम्तीमा पाँच लाख बनाउने गरी फराकिलो बनाउने योजना बनाएको मन्त्री पौडेलले जानकारी दिनुभयो। 

सरकारले विभिन्न कार्यक्रममार्फत निःशुल्क वा सहुलियत रूपमा स्वास्थ्य सेवा दिइरहेकोमा सबै सेवा र सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई बिमाको छाताभित्र राख्ने योजना रहेको बताउनुभयो। 

औषधि ऐनका प्रतिस्थापन विधेयक तर्जुमा गरिने योजना भएको बताउनुभयो। सङ्क्रामक रोग ऐन २०२० लाई संशोधन गर्ने योजना भएको सुनाउनुभयो।

तीनै तहका सरकारसँग समन्वय हुने गरी आपत्कालीन स्वास्थ्य सेवा व्यवस्थापनका लागि कार्यविधि र संरचना बनाउने जानकारी दिनुभयो।  

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ परिमार्जन गरिने बताउनुभयो। मन्त्रालयमा नसर्ने रोग र मानसिक स्वास्थ्य हेर्ने छुट्टै इकाई स्थापना गरिने जानकारी दिनुभयो। 

बागमती बाहेकका अन्य ६ प्रदेशमा सहिद गङ्गालाल हृदय केन्द्रको समन्वयमा मुटुरो उपचारको सेवा विस्तार गरिने योजना रहेको बताउनुभयो। 

सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ। सरुवा रोगको उपचारका लागि टेकुस्थित सरुवा रोग अस्पताललाई मुख्य सरुवा रोग अस्पताल बनाइने र प्रदेशले स्थापना गर्ने अन्य सरुवा रोग अस्पताललाई टेकु अस्पतालसँग कार्यगत सम्बन्ध कायम गर्ने, सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणको सेवा विस्तार गर्ने योजनामा उल्लेख छ। 

सीमान्तकृत एवं लोपोन्मुख जातिको संरक्षण र स्वास्थ्य सुरक्षा सम्बन्धी रणनीति तर्जुमा गर्ने लगायतको मन्त्री पौडेलको योजना छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार