मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

कांग्रेसको विजयी जुलुसमा झडप हुँदा ६ जना घाइते

महमूद आलम खान 1133+ समाचार ( )
जुम्लाको तातोपानी गाउँपालिकामा नेकपा माओवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा ६ जना घाइते भएका छन् ।
१ जेठ २०७९, आइतबार

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा नेकपा माओवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा ६ जना घाइते भएका छन् ।

वडा नम्बर ३ को मतगणनामा कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजय भएपछि विजय जुलुसमा निस्कने क्रममा माओवादीका वडाध्यक्ष डिल्ली रावल समर्थित युवाले ढुंगामुढा गरेपछि झडप भएको थियो ।

घाइते हुनेमा तातोपानी ३ बस्ने २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी शाही, २१ वर्षका अजित कामी, प्रकाश सुनार र तातोपानी १ का १८ वर्षीय धर्मराज रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा संलग्न तातोपानी ३ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार डिल्ली रावलसहित ८ जना प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार