मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बाँकेमा नेकपाप्रति मुस्लिम समुदायको विश्वास बढ्यो, मियाँ र खातुन उम्मेदवार

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१२ माघ २०८२, आइतबार

बाँके । नेपाली कम्युनिस्ट पार्टीले मुस्लिम समुदायको प्रतिनिधित्वलाई थप सुदृढ बनाउँदै बाँके जिल्लाबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ दुई जुझारु महिला नेतृहरूलाई उम्मेदवार चयन गरेको छ । पार्टीले कालि मियाँ कस्मीरा र जामिया खातुनलाई मुस्लिम कोटाबाट समानुपातिक उम्मेदवार बनाएको हो ।

नेपालगञ्ज २ निवासी कालि मियाँ "कस्मीरा" र नेपालगञ्ज निवासी जामिया खातुन लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी नेतृहरू हुन् । मुस्लिम समुदायमा जन्मिएर देशको मुहार फेर्ने र जनताको दुःख हटाउने संकल्पसहित जनयुद्धमा होमिएकी मियाँ एक जुझारु र प्रतिबद्ध नेतृको रूपमा चिनिन्छिन् ।

त्यसैगरी, मुस्लिम महिलाहरूको अधिकार, समानता र सहभागिताका सवालमा निरन्तर संघर्ष गर्दै आएकी जामिया खातुन समुदायको आवाज बनेर राजनीतिमा सक्रिय रहँदै आएकी छन् । पार्टीले समानुपातिक उम्मेदवारको रूपमा जिम्मेवारी दिएपछि दुबै नेतृले यसलाई मुस्लिम समुदायप्रति पार्टीले देखाएको विश्वास र न्यायको रूपमा व्याख्या गरेका छन् । 

पार्टीमा सक्रिय रहँदै मुस्लिम समुदायका घर–घर पुगेर सुख–दुःखमा साथ दिँदै आएको योगदानको कदरस्वरूप उम्मेदवार चयन भएको नेतृहरूको भनाइ छ । बाँके जिल्लाबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ दुबै जनालाई उम्मेदवार बनाइएपछि मुस्लिम समुदायमा नेपाली कम्युनिस्ट पार्टीप्रति विश्वास थप बलियो बनेको स्थानीयको प्रतिक्रिया छ ।

कालि मियाँ कस्मीरा मुस्लिम समुदायमा मात्र होइन, आम नागरिकमाझ पनि इमानदार, संघर्षशील र जनतासँग नजिक रहने नेतृका रूपमा परिचित छिन् । यस्तै, जामिया खातुन पनि महिला अधिकार र सामाजिक न्यायका मुद्दामा स्पष्ट धारणा राख्ने नेतृको रूपमा पहिचान बनाउँदै आएकी छन् ।

पार्टीको यो निर्णयले मुस्लिम समुदायको राजनीतिक सहभागिता, प्रतिनिधित्व र विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार