मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

साउदी सरकारका कारण हजयात्रीको शुल्कमा वृद्धि भयो- अध्यक्ष मियाँ

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष मियाँले शुल्क वृद्धि हुनुमा आफूहरुको कुनै दोष नरहेको बताए ।
२० जेठ २०७९, शुक्रबार

काठमाडौं । नेपाल हज समितिले साउदी अरब सरकारले निर्धारण गरे अनुसार हजयात्राका लागि शुल्क निर्धारण गर्दा नेपालमा विगतमा भन्दा महंगो परेको स्वीकार गरेको छ ।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले शुक्रबाार आयोजित पत्रकार सम्मेलनमा साउदी अरब सरकारको निर्णय अनुसार नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि गरिएको बताएका हुन् ।

शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष मियाँले शुल्क वृद्धि हुनुमा आफूहरुको कुनै दोष नरहेको बताए ।

यस वर्ष एक जना हजयात्रीका लागि चार लाख ६३ हजार ३९३ रुपैयाँ शुल्क तोकिएको छ, यसअघि सन् २०१९ मा यो शुल्क दुई लाख २९ हजार ७३१ रुपैयाँ थियो । ‘विगतभन्दा यस वर्ष शुल्क रकम वृद्धि भएको यथार्थ नै हो । शुल्क रकम वृद्धि हुनुको मुख्य कारण साउदी अरव सरकारले निर्धारण गरेको शुल्क रकममा आएको वृद्धि नै हो’ अध्यक्ष मियाले भने ।

मुसलमान समुदायको पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा हज गर्न जाने तीर्थयात्रीका लागि नेपाल हज समितिले सहभागी छनोट गर्ने, शुल्क निर्धारण गर्ने र साउदी अरबमा हज गराउने प्रबन्ध गर्दै आएको छ ।

समितिले छनौट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेठ २३ गते भित्र जम्मा गरिसक्न पनि सचेत गराएको छ । अध्यक्ष मियाँले यस वर्षको हजयात्रीलाई आगामी असार १५ गते भित्र मक्का पुर्‍याउने गरी तयारी भइरहेको पनि बताए ।

आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाइ हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भइरहेको हज समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार