मुख्य समाचार
आरोप यौन दुर्व्यवहारको,हुर्मत अडियो रेकर्डको | १४ वर्षीय अनुपको मृत्यु प्रकरण : ३१ दिन बित्दा पनि परिवार न्यायको प्रतीक्षामा | एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार ४१४ जना प्रतिनिधि सहभागिता हुने | खान स्पोर्ट्स क्लबको आयोजनामा ‘वार्ड कप’ क्रिकेट प्रतियोगिता हुँदै | अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ | स्थानीय तह चुनावको मिति तोक्न आयोगले दलहरूलाई बोलायो | कोप–३१ मा नेपाल–जीजीजीआई सहकार्य विस्तार र जलवायु वित्तमा पहुँचबारे छलफल | आदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी | रास्वपा-सरकारबीच कुनै विवाद छैन : रवि लामिछाने | मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा |
मुख्य समाचार
आरोप यौन दुर्व्यवहारको,हुर्मत अडियो रेकर्डको | १४ वर्षीय अनुपको मृत्यु प्रकरण : ३१ दिन बित्दा पनि परिवार न्यायको प्रतीक्षामा | एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार ४१४ जना प्रतिनिधि सहभागिता हुने | खान स्पोर्ट्स क्लबको आयोजनामा ‘वार्ड कप’ क्रिकेट प्रतियोगिता हुँदै | अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ | स्थानीय तह चुनावको मिति तोक्न आयोगले दलहरूलाई बोलायो | कोप–३१ मा नेपाल–जीजीजीआई सहकार्य विस्तार र जलवायु वित्तमा पहुँचबारे छलफल | आदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी | रास्वपा-सरकारबीच कुनै विवाद छैन : रवि लामिछाने | मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा |


आरोप यौन दुर्व्यवहारको,हुर्मत अडियो रेकर्डको

यूथ टुडे समाचारदाता 3671+ समाचार ( )
२ मंगशिर २०८३, मङ्गलबार

बाँके । बाँकेको कोहलपुरमा स्वास्थ्य परीक्षणका क्रममा २२ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका स्वास्थ्यकर्मीलाई जोगाउन प्रहरीबाटै प्रयास भएको आशंका उब्जाउने अडियो सार्वजनिक भएको छ ।

असोज १८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा रेकर्ड गरिएको भनिएको उक्त अडियोमा प्रहरी कर्मचारीले पीडित युवतीलाई आरोपितसँग मिल्न अप्रत्यक्ष रूपमा प्रेरित गरेको सुनिन्छ ।

गत असोज १७ गते उपचारका लागि कोहलपुरस्थित थापा पोलिक्लिनिक पुगेकी युवतीले स्वास्थ्य परीक्षणका क्रममा स्वास्थ्यकर्मी गणेशबहादुर थापाले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि प्रहरीले थापालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको थियो ।

तर,घटनाको भोलिपल्ट असोज १८ गते पीडित युवती जाहेरी दिन प्रहरी कार्यालय पुगेका बेला भएको भनिएको कुराकानीको अडियो सार्वजनिक भएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

अडियोमा आरोपित थापाले पटकपटक गल्ती स्वीकार गर्दै पीडितसँग माफी मागेको सुनिन्छ । त्यस्तै, प्रहरी कर्मचारीले पनि घटनालाई सामान्य रूपमा बुझाउन खोजेको आशयको संवाद सुनिन्छ ।अडियोको सुरुवातमा एक प्रहरी कर्मचारीले पानी दिन आग्रह गर्दै थापाको स्वास्थ्य अवस्थाबारे सोध्छन्। ‘पानी दिनुस् । ठीक छ,उहाँलाई भइसक्यो,ठीकै छ अब’ भनेको सुनिन्छ। त्यसपछि प्रहरीले थापालाई ‘कति भयो तपाईंले औषधी खान लागेको ?’ भनेर सोध्छन् । थापाले जवाफ दिन्छन्, ‘१०/१२ वर्ष भयो सर । म अब दीर्घरोगी भइसक्या छु । ५/५ घण्टामा औषधी खान्छु।’ त्यसपछि प्रहरीले ‘केही समयका लागि हो,कष्ट हुन्छ भनेर आत्तिनु हुँदैन’ भन्दै सम्झाएको सुनिन्छ।

थापाले युवतीलाई सम्बोधन गर्दै ‘नानी, गल्तीको स्वीकार गरेँ मैले’ भन्छन्। संवादका क्रममा एक महिला प्रहरी कर्मचारीले गाउँघरमा गानो जाँदा गरिने उपचार पद्धतिको उदाहरण दिँदै घटनालाई सामान्य उपचार प्रक्रियाजस्तो देखाउने प्रयास गरेको सुनिन्छ । ती महिला प्रहरी भन्छिन्, ‘नाइटोको बीच सेन्टरमा यता र यता सिधासिधा नाप्ने अनि तल जान्छ कि माथि जान्छ भन्दा रहेछन् ।’

त्यसपछि थापाले महिला प्रहरीको भनाइमा सहमति जनाउँदै भन्छन्, ‘ठीक हो,असई साब। गाउँघरको व्यावहारिक उपचार हो ।’ उनले पहिले गानो हान्ने चलन रहेको र अहिले नाप्ने चलन रहेको बताउँछन् ।

अडियोमा थापाले आफू एमबीबीएस डाक्टरसमेत नभएको स्वीकार गरेको सुनिन्छ । उनले पटकपटक ‘मैले गल्ती गरेँ,नानी’ भन्दै युवतीसँग माफी माग्छन् । आफूले के सेवा गर्नुपर्ने हो,त्यो गरिदिने भन्दै मनाउन खोज्छन् ।

तर, युवतीले त्यसलाई अस्वीकार गर्दै ‘के सेवा गर्ने तपाईंले? मलाई केही चाहिँदैन प्रभु,त्यस्तो सेवाको चक्करमा पर्दिनँ’ भन्छिन्। आफू कानुनअनुसार अघि बढ्ने उनको अडान सुनिन्छ।

त्यसपछि महिला प्रहरी कर्मचारीले युवतीलाई एकाएक मिडियामा कसरी कुरा पुग्यो भन्दै प्रश्न गर्छिन् । ‘मिडियाले गर्दा भाइरल भयो,नत्र सामान्य कुरा हो’ भन्ने आशयको अभिव्यक्ति पनि अडियोमा सुनिन्छ । यसले प्रहरी कर्मचारीले घटनालाई सामान्यीकरण गर्न खोजेको हो कि भन्ने प्रश्न उठाएको छ।

थापाले भने युवतीसँग पटकपटक माफी माग्दै आफू पहिलोपटक यस्तो गल्तीमा परेको बताउँछन् । ‘दुश्मनलाई पनि माफी दिन्छन्, म त तिम्रो सेवक हुँ, ६३ वर्षको रोगी पीडित हुँ’ भन्दै उनले बिन्ती गरेको सुनिन्छ ।

उक्त अडियोमा बोल्ने महिला प्रहरी असई विष्णु चन्द रहेको बुझिएको छ । यसबारे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक शिव क्षेत्रीसँग बुझ्दा उनले अडियो प्रारम्भिक अनुसन्धान तथा सोधपुछका क्रममा रेकर्ड भएको हुन सक्ने बताए ।

‘त्यो अडियो प्रारम्भिक अनुसन्धान र सोधपुछका क्रममा भएको हुन सक्छ । कसले रेकर्ड गर्‍यो भन्नेबारे बुझ्दैछौँ,’ उनले भने । अडियो कसरी बाहिरियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले बताए।

स्रोतका अनुसार पीडित युवतीलाई जाहेरी दिन नदिई प्रहरी कार्यालयभित्रै घटना मिलाउने प्रयास भएको थियो । अडियो बाहिरिएपछि पीडित युवतीको मोबाइलसमेत इलाका प्रहरी कार्यालय कोहलपुरमै राखिएको स्रोतको दावी छ। 

प्रहरीले अनुसन्धान र मुद्दाको प्रक्रियालाई कमजोर बनाएको आरोपसमेत लागेको छ । सोही घटनामा आरोपित थापा गत कात्तिक ११ गते जिल्ला अदालत बाँकेबाट धरौटीमा रिहा भएका थिए । प्रहरीकै कमजोरीका कारण उनी धरौटीमा छुटेको आरोप छ। 

यस घटनामा राजनीतिक निकटताको प्रसंगसमेत जोडिएको छ। स्रोतका अनुसार थापाकी श्रीमती नन्द तिवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट हुन् । घटनालाई सामान्य उपचार पद्धतिसँग जोडेर प्रस्तुत गर्नु,पीडितले कानुनी प्रक्रिया अपनाउने अडान राख्दा मिडियाका कारण घटना भाइरल भएको टिप्पणी गर्नु र आरोपितले पटकपटक माफी माग्दै सेवा गरिदिने प्रस्ताव राख्नुले प्रहरी कार्यालयभित्र के भइरहेको थियो भन्ने प्रश्न उठाएको छ।

पीडितलाई न्याय दिलाउनुपर्ने प्रहरी आफैँ मिलापत्र गराउने भूमिकामा किन देखियो ? जाहेरी दिन पुगेकी युवतीलाई कानुनी प्रक्रियामा अघि बढ्न सहयोग गरियो कि आरोपितलाई जोगाउने प्रयास भयो ? सार्वजनिक अडियोको निष्पक्ष छानबिन र त्यसमा सुनिने प्रहरी कर्मचारीको भूमिकाबारे स्पष्ट जवाफ आवश्यक देखिन्छ । साभारः जनआस्था अनलाईन 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार