मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

सिके राउतको नेतृत्वमा सरकार बनोस् -रास्वपा सभापति लामिछाने

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
उनले भने, ‘हामीले नो नट अगेन भनिरहेका छौँ, म त चाहन्छु डा. सिके राउत नेतृत्वमा सरकार बनोस् । मधेसले पाओस । मेरो समर्थन । डा. सिके राउतको नेतृत्वमा सरकार बन्न सकोस्, मधेसले पाओस न प्रधानमन्त्री ।
२९ फाल्गुन २०७९, सोमबार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)को नेतृत्वमा सरकार बनोस् भन्ने आफ्नो चाहना भएको बताएका छन् ।

चितवनमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले अहिले पनि रास्वपा ‘नो नट अगेन’ भएको भन्दै सो कुरा बताएका हुन् । अहिले जनताले थोरै ‘नो नट अगेन’ भनेकाले आफूहरुले २० सिट जितेको उनको भनाइ थियो ।

उनले भने, ‘हामीले नो नट अगेन भनिरहेका छौँ, म त चाहन्छु डा. सिके राउत नेतृत्वमा सरकार बनोस् । मधेसले पाओस । मेरो समर्थन । डा. सिके राउतको नेतृत्वमा सरकार बन्न सकोस्, मधेसले पाओस न प्रधानमन्त्री । म त्यसमा छु । तर संख्याले दिँदैन । हामी अहिले पनि अवश्य नो नट अगेन । हामी अहिले पनि नो नट अगेन भनिरहेका छौँ ।’

उनले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको पनि बताए । उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ।’

उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए । उनले भने, ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’,

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गरे । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो ।

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरू गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार