मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

चेकजाँचका नाममा नागरिकलाई सास्ती दिदै बाँके ट्राफिक प्रहरी

महमूद आलम खान 1133+ समाचार ( )
ट्राफिक प्रहरीबाटै कोरोना संक्रमणको जोखिम
२५ पौष २०७८, आइतबार

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधन चेक जाँचका नामा जबरजस्ती रकम असुल्ने प्रवृत्तिले साना तथा ठूला सवारी साधनका चालकहरु हैरान भएको पाइएको छ । 

चेकचाँजको नाममा सवारी चालकहरुबाट विभिन्न वहानमा रकम असुल्ने गरेको पीडितहरुले बताएका छन् । नेपालगञ्जको राप्ती सडक खण्डमा ट्राफिकहरु चेकजाँचका लागि बस्ने, चेक जाँचका क्रममा लाइसेन्स माग्ने, ब्लुबुक माग्ने, सबै कागजात दुरुस्त भएपनि एउटा एउटा बहाना बनाएर रकम झर्ने, मागे बमोजिमको रकम नदिए चाबी खोस्ने, वाइक जफत गरेर आफै लिएर हिड्ने, जरिवाना वापत लिएको रकमको आधा मात्र उल्लेख गरी रसिद थमाउने, सकभर रसिदै नकाट्ने उनीहरुको दैनिकी नै भएको पीडितहरुले बताएका छन् ।

ट्राफिक प्रहरीले राप्ती रोडमा आइतबार गरेको चेकजाँच रोचक देखिन्थ्यो । रोडको बिच सडकमा सवारी रोकेर रोड नै जान गरेर चेकजाँच गर्दा ठुलो सवारी चालकलाई मात्र नभएर पैदल यात्रामा रहेका नागरिकहरुलाई समेत समस्या हुने गरेको छ । 

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको जिम्मेवारी पाएका प्रहरी निरिक्षक हिमालय शाहले जिल्लाको ट्राफिक व्यवस्थापनको सुधारका लागि विशेष अभियान चलाउनुका साथै विभिन्न योजना र कार्यक्रम बनाएर अगाडी बढ्ने बताएको २४ घण्टा बित्न नपाउँदै ट्राफिक प्रहरीहरु चेकजाँचका नाममा नागरिकलाई सास्ती दिइरहेको पाइएको छ ।

यता कोरोनाको संक्रमण तिब्र रुपमा बढी रहेकोमा बेला मास्क प्रयोग समेत नगरि सडक जाम गरेर चेकजाँच गर्दा कोरोना संक्रमणको उच्च जोखिम रहेकोले स्थानीयहरुले  भिडभाड नगरिदिन माग गरेका छन् । 

ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख शाहलाई सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन ‌। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार