मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

बैजनाथ राष्ट्रिय दैनिकको क्यालेण्डर डोल्पामा सार्वजनिक

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

डोल्पा । काेहलपुरबाट प्रकाशित हुँदै आएकाे बैजनाथ राष्ट्रिय दैनिकले हिमाली जिल्ला डाेल्पामा आफ्नो उपस्थिति आक्रामक शैलीमा विस्तार गरेको छ। प्रचार-प्रसारलाई सशक्त बनाउने उद्देश्यले पत्रिकाले २०८२ सालको वार्षिक क्यालेण्डर सार्वजनिक गर्दै प्रचार अभियानलाई तीव्रता दिएको हो।

प्रकाशक कुशल दलामी, प्रधान सम्पादक हेमन्त केसी र संवाददाता पूर्ण सार्कीको टोलीले मंगलबार डोल्पा पुगेर क्यालेण्डर वितरण गर्दै पत्रिकाका लागि नियमित पाठक वर्ग निर्माण गर्ने अभियान थालेका छन्। “सत्य समाचार, निष्पक्ष विचार र स्थानीय विकासको सम्बाहक” भन्ने नाराका साथ अघि बढेको यो अभियानले जनसमक्ष पुग्न क्यालेण्डरलाई सशक्त माध्यम बनाएको छ।

क्यालेण्डर वितरणको क्रममा प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली पत्रकार महासंघ डाेल्पाका पुर्व अध्यक्ष विष्णुलाल बुढा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजनाका प्रमुख गाेविन्द बहादुर मल्ल लगायत सुरक्षा निकायका प्रमुखहरूलाई समेत प्रत्यक्ष रूपमा समेटिएको थियो।

सरकारी कार्यालय, होटल, धार्मिक स्थल, शैक्षिक संस्था र स्थानीय तहहरूमा समेत क्यालेण्डर प्रदान गर्दै पत्रिकाले सूचनाको पहुँच विकट क्षेत्रसम्म पुर्याउने लक्ष्य लिएको छ।

प्रकाशक दलामीका अनुसार, डोल्पाजस्ता दुर्गम जिल्लामा सत्य र तथ्यपूर्ण समाचारमार्फत जनचेतना अभिवृद्धि गर्नु नै अभियानको मूल उद्देश्य हो। प्रधान सम्पादक केसीले विश्वसनीय समाचार संप्रेषण नै पत्रिकाको पहिचान हुने बताउनु भयाे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार