मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

नेपालगंज ५ का वडा अध्यक्ष सराफतले नागरिकता फारम निःशुल्क दिने गरे घोषणा

Youth Today News 1+ समाचार ( )
कार्यालय समयमा नआउने कर्मचारीलाई कानुनी कारवाही गर्ने वडा अध्यक्ष सराफतको भनाई थियो ।
१२ जेठ २०७९, बिहीबार

बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर ५ का नव निर्वाचित वडा अध्यक्ष सराफत हुसेन शेष ले पदभार ग्रहण गरेको एक साता नपुग्दै उनले जनपक्षीय निर्णय गरेका छन् ।

वडा अध्यक्ष सराफतले वडावासीहरुको आवश्यकतालाई ध्यानमा राख्दै नागरिकता फारम निःशुल्क बितरण गर्ने घोषणा गरेका हुन् ।

बिहिबार युथ टुडे संवाददाता संग कुरा गर्दै वडा अध्यक्ष सराफतले आफना वडाबासीहरुलाई समस्या नहोस भन्नका लागि आफनो व्यक्तिगत तर्फबाट उक्त फारम वितरण गर्ने बताए । उनले भने “वडाबाट प्रदान हुने सेवा सहज र सरल बनाएर अगाडि बढने छु ।” वडामा जनताको काममा ढिला सुस्ती गर्ने अधिकार कसैलाई नभएकोले सहज रुपमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको बताउदै कार्यालय समयमा नआउने कर्मचारीलाई कानुनी कारवाही गर्ने वडा अध्यक्ष सराफतको भनाई थियो । 

वडा अध्यक्ष सराफतले सबै वडावासी मतदातामा धन्यवाद दिँदै आफूले वडाबाट गर्ने काममा कसै प्रति विभेद नगरी सबैलाई समान रुपमा सेवा प्रवाह गर्ने बताए । उनले वडाको विकासका लागि सबैको सल्लाह अनुसार सबैसँग हातेमालो गरि आफू लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी जनता समाजबादी पार्टी नेपालबाट वडा अध्यक्षमा विजय भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार