मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

कानुन व्यवसायीहरुको विरोध प्रदर्शनमा पनि इजलास चल्ने

महमूद आलम खान 1132+ समाचार ( )
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु बाहेकका १० वटा इजलास तोकेका छन्
३ मंगशिर २०७८, शुक्रबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु बाहेकका १० वटा इजलास तोकेका छन्। आजका लागि अन्य नियमित मुद्दाहरूको समेत पेशी तोकिएको छ। आजका लागि राणाले ९ वटा संयुक्त इजलास र १ एकल इजलास तोकेका हुन् ।

न्यायाधीशहरू दीपक कुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलास, मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलास, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलास तोकिएको छ। त्यसैगरी विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलास, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलास, अनिल कुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलास, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलास राखिएको छ। तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलास,नहकुल सुवेदीको एकल इजलास राखिएको छ।

यसैबीच प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीले आज पनि विरोध प्रदर्शन जारी राखेका छन् । सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसायीहरूलाई प्रवेशमा रोक लगाउन खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ ।

अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ । आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोकेको छ । कानून व्यवसायीले वरिष्ठ अधिवक्तालाई अगाडि लगाएर धर्नास्थल प्रवेश गर्न खोजेका छन् तर प्रहरीले उनीहरूलाई अघि बढ्न दिएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार