मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

मैले सभापति नजिते प्रजातन्त्र धरापमा पर्छ : देउवा

महमूद आलम खान 1133+ समाचार ( )
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापतिमा निर्वाचित भएमा आगामी राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई सबै ठाउँमा जिताउने विश्वास व्यक्त गरेका छन् ।
२६ मंगशिर २०७८, आइतबार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापतिमा निर्वाचित भएमा आगामी राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई सबै ठाउँमा जिताउने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा लुम्बिनी प्रदेशले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन पनि सभापतिमा जित्नैपर्ने बताए ।

‘प्रजातन्त्रलाई बचाउनु पर्नेछ, त्यसैले अहिले पार्टी सभापतिमा जिते भोलि कांग्रेसलाई सबै ठाउँमा जिताउने छु । सभापति जितेमा सरकारलाई पनि हाँकेर लैजान सकिन्छ । सभापति हारेमा प्रधानमन्त्री कमजोर हुन्छ भनेर आलोचना हुन्छ’, प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवाले लामो सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त प्रजातन्त्रलाई बचाउन र सुदृढ तुल्याउन पनि कांग्रेसले जित्नैपर्ने बताए ।

उनले भने, ‘नेपालको इतिहासले पनि प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भएको खण्डमा स्थायित्व हुन्छ भन्ने छ । पार्टीमा झगडा भइरहेको इतिहास तपाईंहरुलाई थाहा नै छ, गिरिजाबाबुसँग कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहबीचको झगडा हेर्नुभएको छ, पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को हुँदा तालमेल मिलेन त्यसैले विगतबाट पाठ सिकेर कांग्रेसको सभापति र प्रधानमन्त्री एउटै बनाउनुपर्छ त्यसका लागि अहिले मौका आएको छ । यो शेरबहादुरको लागि मात्र हैन । यो राष्ट्र र प्रजातन्त्रको कुरा हो ।’

पार्टी बलियो नभए प्रजातन्त्र कमजोर हुने र बलियो पार्टीले मात्रै प्रजातन्त्र बचाउनसक्ने उल्लेख गर्दै देउवाले कांग्रेस भनेको प्रजातन्त्र हो प्रजातन्त्र भनेकै कांग्रेस हो भने ।

‘प्रजातन्त्रमा पार्टी सभापति एउटै भएको खण्डमा देशमा कुनै किसिमको झैझगडा हुँदैन, अहिलेको आवश्यकता हो प्रजातन्त्रलाई बचाएर बलियो सरकार बनाउन पार्टी सभापतिमा जित्नैपर्छ’, उनले भने ।

प्रधानमन्त्री देउवाले आफू पार्टी सभापति भएको खण्डमा अहिलेको सरकार टिकिरहने र राष्ट्रिय निर्वाचन पनि यही सरकारले गर्ने बताए । उनले भने, ‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, आफूले सभापतिमा हारेको खण्डमा नैतिकरूपमा बसिरहन मिल्दैन भनेर सबैले हल्ला गर्नेवाला छन्, त्यसैले पनि अहिलेको परिस्थितिमा सभापति जित्नुपर्ने आवश्यकता मैले देखेको छु ।’

कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले अहिलेको परिस्थितिमा सबै दलले स्वीकार्नसक्ने वातावरण निर्माणका लागि देउवाको नेतृत्व अपरिहार्य भएको बताए ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पार्टी र देशको राजनीतिलाई सन्तुलित ढङ्गले अघि बढाउन पनि देउवाको नेतृत्व अपरिहार्य भएकाले पार्टी सभापतिमा जित्नैपर्ने आवश्यकता रहेको बताए ।

कांग्रेस भरत शाहले पार्टीलाई सुदृढ तुल्याई राष्ट्रियतालाई बलियो बनाएर स्वतन्त्र निर्वाचन गराउन सभापतिमा देउवाले जित्नैपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार