मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

एम्बुलेन्सबाट ब्राउन सुगर बरामद

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

बर्दिबास । सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र ०१–००२ झ ६६९० नंको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएपछि चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । 

बिपी राजमार्गबाट लागु औषध ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी बर्दिबासबाट खटी गएको सुरक्षा टोलीले हिजो (बुधवार) राती बर्दिबास ३ स्थित बिपी राजमार्गमा एम्बुलेन्सको तलासी लिएको थियो । तलासीका क्रममा एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डिएसपी रेवती रमण पोखरेलले बताउनु भयो । 

ब्राउन सुगर कारोबारमा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ । थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले चालकसहित पक्राउ परेका दुवै जनाको नाम तत्काल सार्वजनिक गरेको छैन ।

एम्बुलेन्ससहित पक्राउ परेका दुवै जनामाथि बर्दिबास प्रहरीले अनुसन्धान गरी रहेको छ । बरामद एम्बुलेन्स सिन्धुलीस्थित मरिन गाउँपालिकाले उक्त स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार