मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |
मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |


नयाँ अभ्यास देखिएको चलचित्र पत्रकार बाँके शाखाको तीज कार्यक्रम

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
२९ भाद्र २०८०, शुक्रबार

विक्रम बुढाक्षेत्री 

बाँके । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै छ । यतिखेर दर खाने कार्यक्रमले बाँकेका अधिकांश होटलहरुका हलहरु भरिएका छन् । अर्थात तीजको दरखाने कार्यक्रमले होटल व्यावसायीको यतिखेर राम्रै आम्दानी भई रहेको छ ।

विभिन्न संघ–संस्थाले आयोजना गर्ने दर खाने कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायतलाई बोलाउने भाषण गर्ने प्रक्रिया प्राय सबै कार्यक्रममा देखिन्छ । जुन दर खाने कार्यक्रममा पनि हुन्छ । 

बिहीबार नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको दर खाने कार्यक्रममा पनि अगाडिको स्टेजमा बस्ने व्यक्तिहरुको लर्को बढी देखिएको थियो । करिब दुई दर्जन बढी अतिथिहरु स्टेजमा बस्दै गर्दा उनीहरुको कुरा सुन्न स्टेज अगाडि बस्ने व्यक्तिहरु संख्या अतिथिभन्दा कम भएको देखिन्थ्यो । 

हामी कहाँ एउटा परम्परा नै छ, भरसख धेरै व्यक्तिहरुलाई स्टेजमा राख्ने र दुर्ई÷चार घण्टा भाषण गरेर बिताउने । यस्तो परम्पराबाट धेरे व्यक्तिहरुहरु वाक्क भई सकेकोे उदाहरण प्रेस युनियको कार्यक्रममा देखिएको थियो । 

अझ मंगलबार नेपालगन्जस्थित वाइन डाइन कटेजमा २५ जना उपस्थित रहेको कार्यक्रम अन्तिममा पुग्दासम्म ५ जनामात्रै थिए । ती पनि अतिथिमात्रै । 

यस्ता उदाहरणहरु धेरै कार्यक्रममा देख्न सकिन्छ । अब मानिसहरु घन्टौसम्म भाषण सुन्न चाहदैनन््। भन्ने देखिन्छ ।

तर नेपालगन्जमा चलचित्र पत्रकार संघ बाँके शाखाले आयोजना गरेको कार्यक्रममा माथिका कुनै पनि परिस्थिति देखिएन । नत स्टेजमा भाषण गर्ने व्यक्तिहरु नै देखिए ।

चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले हरेक वर्ष झै यस वर्ष पनि तीजको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको थियो । तीजमा दर खाने बाहना समातेर बाँके शाखाले जिल्ला पहिलोपटक महिला पत्रकारहरुलाई समेटेर ‘चलचित्र पत्रकारितमा महिला पत्रकारको अवस्था र सम्भावना’ सिर्षकमा अन्तरक्रिया आयोजना गरेको हो ।

कार्यक्रममा बाँके शाखाकी सदस्य सावित्री विश्वकर्माको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रुपमा नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्ष करुणा शाह रहेकी थिइन् । र स्टेजमा उनीहरु दुईजना मात्रै थिए । 

उक्त कार्यक्रममा जाने जो कोहीले कार्यक्रमको व्यवस्थापनालाई लिएर सकारात्मक टिप्पणीमात्रै गरेको देखियो । किनभने कार्यक्रममा बाँके शाखा सदस्य रजनी योगीले करिब ३ मिनेटमा आसनग्रहणदेखि उद्घाटन र अतिथि सत्कारसम्मको कार्यक्रम सम्पन्न गरिन् । त्यसपछि शाखाका उपाध्यक्ष समिरमात्र श्रेष्ठले करिब २ मिनेटमा बाँके शाखाको इतिहासदेखि स्वागत मन्तब्य अन्त्य गरे र कार्यक्रम संचालनलाई अन्तरक्रियातर्फ मोडे शाखाका सचिव विक्रम बुढाक्षेत्रीले । 

कार्यक्रमको अवधि करिब १ घण्टाको थियो । तर कार्यक्रममा करिब ४० मिनेट अन्तरक्रियामा सकियो । र बजेको १० मिनेटमा पत्रकार रजनी योगीलाई नगद २ हजार १ सयसहित कदर पत्र र सिने रोयललार्ई शुभकामना पत्र प्रदान, प्रमुख अतिथिको मन्तव्य र अध्यक्षले कार्यक्रम सम्पन्न गरिन् । 

कार्यक्रमको रोचक पक्ष भनेको १५ जनाको उपस्थितिबाट सुरु भएको कार्यक्रम अन्त्य हुँदासम्म ४० बढीको सहभागिता पुग्यो, कार्यक्रममा भाषण गर्ने ३ जनामात्रै थिए, स्टेजको तल विशिष्ट अतिथि, अतिथि र विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरु थिए । जसका कारण थोरै जना रहेको कार्यक्रममा पनि धेरै जनाको सहभागिता जस्तो देखियो । 

कार्यक्रमको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले चलचित्र पत्रकारितामा सम्भावना रहेको बताए । उनीहरुले चलचित्र पत्रकार संघलाई समिक्षा खेलनका विषयमा तालिम आयोजना गर्न, कला क्षेत्रलाई पनि समाचारको माध्यमबाट बाहिर ल्याउन काम गर्नु पर्ने सुझाव दिएका थिए ।  

कार्यक्रममा प्रमुख अतिथि शाहले छोटो समयमा चलचित्र पत्रकार संघ बाँके शाखाले धेरै कामहरु गर्दै आई रहेको र सानो टिम भएता पनि बाँकेको सक्रिय पत्रकारको संस्थाको रुपमा आगडि बढेको बताइन् । साथै बाँके शाखाले गर्ने हरेका कार्यक्रम अन्य संघठनभन्दा फरक रहेको उनले बताइन् ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार