मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

माओवादी छाडेर एमालेमा प्रवेश गरेका बादल उपाध्यक्षको चौथो वरियतामा

महमूद आलम खान 1133+ समाचार ( )
माओवादी केन्द्र छाडेर एमालेमा आएका बादल उपाध्यक्षको चौथो वरियतामा छन् भने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङ उनी भन्दा पछाडि छन् ।
२६ मंगशिर २०७८, आइतबार

काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरियता निर्धारण गरेको छ । चितवनमा सम्पन्न महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीको वरियता निर्धारण गरेको हो । 

आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले वरिययता निर्धारण गरेको हो । 

वरियताक्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । उपाध्यक्षमध्ये युवराज ज्ञवाली वरियताको पहिलो नम्बरमा छन् । त्यसपछि अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा (बादल), सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन् ।

माओवादी केन्द्र छाडेर एमालेमा आएका बादल उपाध्यक्षको चौथो वरियतामा छन् भने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङ उनी भन्दा पछाडि छन् । 

३ जना उपमहासचिवमध्ये प्रदीप ज्ञवाली वरियताको पहिलो नम्बरमा छन्। त्यसपछि पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्।

सचिवहरुमध्ये पूर्व माओवादी नेता टोपबहादुर सायमाझी र लेखकराज भट्ट पहिलो र दस्रोमा रहँदा त्यसपछि क्रमश: रघुविर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई र पद्मा अर्याल रहेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार