मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

शिक्षामा छात्राहरुको पहुँच बढाउन नरैनापुरमा साईकल बितरण

महमूद आलम खान 1133+ समाचार ( )
शिक्षामा सहज पहुँच गराउने उद्देश्यले नरैनापुर गाउँपालिकले छात्राहरूलाई साईकल बितरण अभियान ल्याएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
१६ मंगशिर २०७८, बिहीबार

बाँके । शिक्षामा सहज पहुँच गराउने उद्देश्यले नरैनापुर गाउँपालिकले छात्राहरूलाई साईकल बितरण अभियान ल्याएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले  बताउनुभयो ।

बाँकेको नरैनापुर गाउँपालिकाले छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका ६०० जना छात्राहरुलाई गाउँपालिकाले आज साइकल वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष शाहले नरैनापुरमा अझै पनि शिक्षामा छोरीहरुको सहज पहुँच हुन नसकेको बताउनुभयो । नरैनापुरमा छोरीप्रतिको हेर्ने दृष्टिकोणमा अझैपनि सुधार आउन सकेको छैन, अध्यक्ष शाहले भन्नु भयो, छोरी र छोरा बीचको भेदभाव कायमै छ, छोरीलाई घरको काममा लगाउने र छोरालाई पढ्नमा बढि प्राथमिकता दिने चलन अहिले पनि समाजमा बिधमान रहेकोले उक्त चलनलाई चिर्नका लागि साइकल बितरण गरिएको जिकिर गर्नु भयो ।

अध्यक्ष शाहले पढाईमा निरन्तरता दिन छात्राहरुलाई आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, छोरी शिक्षित भएमा मात्र समाजिक परिवर्तन गर्न सकिन्छ, सामाजिक रुपान्तरणका लागि छोरीहरुको पढाईमा अभिभावकले अग्रसरता देखाउनु आबश्यक रहेको बताउनु भएको थियो ।

शैक्षिक प्रवर्द्धन तथा विद्यालय भर्ना अभियानलाई बढाउने उद्देश्यका साथ गाउँपालिकाभित्र पर्ने सबै समुदायिक विद्यालयका ६ देखि कक्षा १२ सम्मका ६०० जना छात्राहरुलाई साइकल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले युथ टुडे न्युजलाई जानकारी दिनु भयो । 

निःशुल्क साइकल वितरण कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी नमुना ,गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, शिक्षा शाखा प्रमुख कृष्णकुमार थारु, लेखापाल प्रकाश अधिकारी, जनप्रतिनिधिहरु, स्थानीय, शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । बाँके जिल्लामै पहिलोपटक नरैनापुर गाउँपालिकाले कक्षा ६ देखि १२ सम्मका ६०० छात्राहरुलाई साइकल वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार