मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

जानकी–५ को सुत्केरी भवन दुई वर्षदेखि अलपत्र

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१३ पौष २०८२, आइतबार

बाँके । बाँकेको जानकी गाउँपालिका–५ मा निर्माणाधीन सुत्केरी भवन दुई वर्ष बितिसक्दा पनि अधुरो अवस्थामा छ । करिब १ करोड २५ लाख रुपैयाँ लागतमा सुरु गरिएको भवन ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा विशेष योजना अन्तर्गत सम्झौता भई सुरु भएको यो भवन २०८१ भित्रै सम्पन्न हुनुपर्ने थियो । तर निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्दा हालसम्म फाउण्डेशन मात्र बनेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि योजना अघि बढ्न सकेको छैन ।

वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादवले समयमै काम भएको भए महिलाले आफ्नै वडामा सुरक्षित सुत्केरी सेवा पाउने बताउनुभयो । पटक–पटक ताकेता गर्दा पनि ठेकेदार जिम्मेवार नबन्दा स्थानीयवासी निराश बनेका छन् ।

भवन सञ्चालनमा नआउँदा स्थानीय महिलाहरू सुत्केरी व्यथा लागेपछि सदरमुकाम जान बाध्य छन् । गरिब तथा यातायात सुविधा नपुगेका महिलाका लागि यो यात्रा जोखिमपूर्ण बनेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले ढिलाइलाई गम्भीर रूपमा लिइएको बताउनुभयो । ठेकेदारलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पत्रिकामार्फत सूचना जारी गरिएको र सम्झौताअनुसार काम नगरे कानुनी प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले मातृस्वास्थ्यजस्तो संवेदनशील विषयमा ढिलाइ स्वीकार्य नहुने भन्दै सुत्केरी भवन छिटो सम्पन्न गर्न कडा निर्देशन दिइएको बताउनुभयो ।

स्थानीय महिला सिता यादवले सुत्केरी हुने बेला यातायात नपाएर समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । उहाँले वडामै सुत्केरी भवन बनेको भए यस्तो दुःख सहनु नपर्ने बताउनुभयो ।

अधुरो संरचना र थन्किएका सामग्रीसहित सुत्केरी भवन अहिले जानकी–५ मा विकास योजनाको असफलताको उदाहरण बनेको छ । अब प्रश्न छ—यो भवन कहिले सञ्चालनमा आउँछ ?

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार