मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

नागरिकको स्वास्थ्य प्रति गम्भीर बन्न बासगढी नगरपालिकाका मेयरलाई सुझाव

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
बासगढीमा सार्वजनिक सुनुवाई सम्पन्न
२० असार २०७९, सोमबार

बर्दिया । बासगढी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले चुस्तदुरुस्त काम गर्न नगर प्रमुखलाई सुझाव दिएका छन ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोगमा मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको सहजिकरणमा बासगढी नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा सरोकारवालहरुले नगरको विविध शाखा र कामका बारेमा सुझाव दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विषयगत शाखाहरुले आफ्नो प्रगति प्रतिवेदन बुझाउन नसक्नु चिन्ताको विषय भएको भन्दै अबिलम्ब प्रतिवेदन तयार गरि सार्वजनिक सुनुवाई  गर्न आग्रह गरे ।

बासगढी नगरपालिकाले हाल सम्म गुरुयोजना बनाउन नसक्नु, स्वास्थ्य संस्थामा थर्मोमिटर नहुनु चिन्ताको विषय भएको बताउदै बासगढी उधोग व्यापार संघका अध्यक्ष इश्वर प्रसाद थारुले स्वास्थ्य प्रति गम्भीर हुन नगर प्रमुखलाई आग्रह गरे ।

नगरका मेयर खड्का बहादुर खड्काले स्वास्थ्यमा देखिएको समस्या समाधान गर्न आफु लागि परेको बताउँदै नगरको समृद्धिका लागी प्रत्येक नागरिकले आफ्नो दायित्वलाई पनि आत्म साथ गर्नु पर्ने अधिकार खोज्दै गर्दा दायित्व पनि पुरा गर्नु पर्ने खड्काले बताए ।

नगरले गरेका कामहरु प्रति जनतालाई सुसुचित गर्दै नगरका मेयर खड्काले कोहि कसैले पनि ठग्ने नियतले काम गरेको भए त्यसबाट उन्मुक्ती नपाउने जिकीर गरे । विकास निर्माणको काममा कहि कतै पनि पूर्वाग्रह नराखी पारदर्शिक र गुणस्तरीय कामलाई स्याबासी र बद्मासी गर्नेलाई कार्बाही गरिने उल्लेख गरे । 

कार्यक्रमको सहजिकरण मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका टिम लिडर आलम खानले गरेका थिए भने कार्यक्रममा सरोकारवाल विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र नगरवासीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार