मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

९२ जना जनयुद्धका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारलाई सम्मान

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ९२ जनयुद्धका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

२९औं जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्र राप्तीसोनारी पार्टी कमिटीले मङ्गलबार राप्तीसोनारी गाउँपालिकाको वडा नं. ७ स्थित सहिद स्मृति संरक्षण केन्द्रको सहिद पार्कमा आयोजना गरेको सम्मान कार्यक्रममा ९२ जना जनयुद्धका सहिद परिवार तथा वेपत्ता परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको पार्टीका राप्तीसोनारी अध्यक्ष चिमबहादुर घर्तीले जानकारी दिनुभयो ।

उहाँहरुलाई सम्मान गर्दै माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य पट्टु थारुले जनयुद्धका सहिद वेपत्ता तथा घाइते भएकाहरुका कारण नेपालमा गणतन्त्र आएको बताउनुभयो ।

उहाँले जनयुद्धकै बलमा देशमा नयाँ संविधानसमेत जारी भएको बताउँदै गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक तथा संघीयता व्यवस्थालगायतका अनेकौं मुद्दा स्थापित भएको बताउनुभयो । 

वेपत्ता परिवारका मनबहादुर घर्तीले जनयुद्धमा ज्यान गुमाएका सहिद, हालसम्म पनि वेपत्ता पारिएका सदस्यहरु, घाइते तथा अपाङ्ग सदस्यलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो छोरी जनयुद्धकालमा क्याम्पस पढ्दा पढ्दै तत्कालीन सुरक्षाकर्मीले माओवादीको आरोपमा लगेर हालसम्म पनि वेपत्ता रहेको स्मरण गर्नुभयो ।

‘जनयुद्धकालमा हजारौं जनताका छोराछोरी गुमे, कोही टुहुरा बने, कसैको काख रित्तियो, धेरैको सिन्दुर खोसियो, मेरो छोरी जस्तै सयौंको हालसम्म अत्तोपत्तो छैन, वेपत्ता छन ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार