मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नरैनापुरमा शैक्षिक प्रदर्शनी मेला सम्पन्न

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
बाँकेको नरैनापुर गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएको छ । गाँउपालिका भित्रका माध्यमिक र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रह्यो ।
११ फाल्गुन २०७९, बिहीबार

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएको छ । गाँउपालिका भित्रका माध्यमिक र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रह्यो ।

आज बिहिबार भएको मेलामा विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्री, विभिन्न आकार प्रकारका वस्तुहरु चित्रकलाको स्टल प्रदर्शनीका लागि राखिएको थियो । शैक्षिक प्रदर्शनी मेलाले विद्यार्थीहरुको रचनात्मक सिर्जना, बौद्विक क्षमता र ज्ञान अनि सिपको विकासमा थप टेवा पुग्ने अवलोकनकर्ताहरुले बताए । 

विद्यार्थीहरुका लागि रचनात्मक र सिर्जनात्मक ढंगका कृयाकलाप प्रयोगात्मक रुपमा निर्माण गरि आम दर्शक सामु प्रस्तुत गर्ने सुनौलो अवसर शैक्षिक प्रदर्शनी मेला भएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको भनाई थियो ।

मेलामा जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, शिक्षक, विद्यार्थी तथा आम दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । मेलाले नरैनापुरको शैक्षिक गुणस्तर अभिवृद्वि सँगै विद्यार्थीको अन्तरनिहित प्रतिभालाई समेत प्रस्फुटन गरेको छ । मेलामा विद्यार्थीहरुले कृषि उत्पादन, विभिन्न भौतिक पूर्वाधार, स्मार्ट सिटी, रिसोर्ट, आ(आफना विद्यालय, विभिन्न प्राविधियुक्त उपकरण, नेपालको नक्सा, रङगी विरङगी फूलहरु, विद्युतिय मोटर, पंखा, ईलक्ट्रिक बस लगायतका सयौं वस्तुहरु प्रदर्शनीका लागि ल्याएका थिए ।

विद्यार्थीहरुले आफना प्रतिभाहरु प्रस्तुत गर्न पाउँदा खुसीसमेत व्यक्त गरेका छन् । शैक्षिक प्रर्दशनी मेलामा उत्कृष्ट हुने समूह विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

शैक्षिक प्रदर्शनी मेलामा महेन्द्र मा.वि मटेहिया प्रथम, आदर्श मा.वि लक्ष्मणपुर द्वितीय, जयकिसान मा.वि भोजपुर तृतीय र नेपाल राष्ट्रिय आधारभूत विद्यालय खोदावाँ सान्तवना भएको आयोजक शिक्षा शाखा प्रमुख कृष्ण चौधरीले बताए ।

गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्मा,पालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो, सूचना अधिकारी लक्ष्मिकान्त मिश्र लगायत शिक्षक, विद्यार्थी अवलोकनकर्ताहरुको सहभागितामा मेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार